प्रहरीको सक्रियतामा सहकारीको ६६ लाख रकम हिनामिना गर्ने चौधरी पक्राउ



सागर थापा ,
। देउखुरी राप्ती गाउँपालिका ५ सिसहनियाँ स्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लि.को ६६ लाख भन्दा बढि रकम हिनामिना गरि फरार रहेकी संस्थाकी व्यवस्थापक रमिता चाैधरीलाई इलाका प्रहरी कार्यालय भालुवाङले सोमबार राती ९ बजे भालुवाङ बजारमा गाडीबाटै पक्राउ गरेको छ । घोराहीबाट काठमाडौ जाँदै गरेको अवस्थामा अस्थायी ट्राफिक प्रहरीपोष्ट भालुवाङका प्रहरी हवल्दार मोहनराम परियारको नेतृत्वमा खटिएको ट्राफिक प्रहरी र जनपथ प्रहरीको ३ घण्टाको लामो सवारी चेकजाँचका क्रममा अभियुक्तलाई पक्राउ गरिएको हो । पक्राउ परेकी व्यवस्थापक रमिता चाैधरी अहिले इलाका प्रहरी कार्यालय भालुवाङ को हिरासतमा रहेकी छिन् भने उनका श्रीमान् तथा पुर्व सचिव बसन्त कुमार चाैधरी भने अहिले पनि फरार रहेका छन् । पक्राउ परेकी व्यवस्थापक चाैधरीलाई मंगलबार अदालतमा उपस्थित गराउने तयारी भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्