आक्रामक बन्दै पूर्व पि.एल.ए. विष खाने देखि आत्मघाती बन्ने सम्मको धम्की



काठमाडौ । पुर्व माओवादीका लडाकु आक्रामक बन्दै गएका छन् । सरकारले पूर्व लडाकुको व्यवस्थापन नगरेको भन्दै आक्रामक बन्दै गएका हुन । राज्यको मुख्य संयन्त्रणमा पूर्व माओवादीका कमान्डरहरु रहेको भन्दै यस्तो अबस्थामा पनि आफुलाई व्यवस्थापन नगर्दा आफुहरु अपराधिक बन्न वाध्य भएको पूर्वलडाकू कुलप्रसाद भट्टराईको भनाई छ। यसअघि गृहमन्त्रीसामू विष सेवन गरेका भट्टराईले आमरण अनसन थाल्ने भएका छन् । माग सम्बोधन नभए आत्मघाती बनेर मन्त्रालयमै पड्किने उनको चेतावनी दिएका छन् ।

बर्हिगमित जनमुक्ति सेना नेपालमा आवद्ध भट्टराईले ५ मंसिरमा गृहमन्त्रालयमा विष सेवन गरेका थिए । ‘गृहमन्त्रीले समेत अपहेलना गरेपछि बाँच्नुको अर्थ नदेखेर मर्छु भनेर विष खाएकै हुँ’ उपचारपछि उनले भनेका छन्, बाँचियो । अब तत्काल हाम्रा मागहरु सम्बोधन नभए मन्त्रालयमै पुगेर आत्मघाती बनेर पड्किनेछु । म पनि मर्छु रपूर्व कमाण्डरलाई समेत मार्छ ।’ जनयुद्धका घाईतेहरुलाई सेवासुविधा प्रदान गर्नुपर्ने, परिवार तथा बालबच्चाहरुको शिक्षा, स्वाथ्य र रोजगारको व्यबस्था गर्नुपर्ने लगायतका राखेर शान्तिवाटिकामा आमरण अनसन बस्ने उनले बताए ।

आफूहरु जस्ता सयौं युवाको योगदानलाई सरकार र तत्कालीन माओवादी नेता कमाण्डरले अवमूल्यन गरेको भन्दै उनले भने, ‘हामीले गोली र रगतसंग सोटेको गणतन्त्रमा अपमानको जीवन ज्युउनु परेको छ । उनीहरु रातो कार्पेटमा हिड्ने, हामीलाई वेबारिसे ढंगले सडकमा छोडिदिने
कम्युनिस्टहरुले सरकार चलाएको बेलामा पनि जनयुद्ध लडेकाहरुले अधिकार नपाउनु दुःखद भएको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्