मुख्यमन्त्रीद्धारा निर्माणाधीन पुलको निरिक्षण



दाङ ।  प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दाङमा निर्माधिन पुल तथा सडकको अनुगमन गर्नु भएको छ । मन्त्री पोखरेलले घोराहीको बबई देखी तुलसीपुर सम्मका निर्माणाधीन पुल तथा सडकको अनुगमन गर्नु भएको थियो । जिल्लाको बबई खोला, सिस्नेखोला, कटुवाखोला, गुज्रेखोला, पत्रेखोला, संक्राम खोला, ग्वारखोला लगाएतका ठाउँमा निर्माणाधिन पुल र सडकको अबस्थाका बारेमा जानकारी लिनु भएको थियो। निर्माणमा अत्यन्त ढिलाई भएको भन्दै उहाँले यसको जवाफ सडक डिभिजन कार्यालयले दिनुपर्ने बताउँनुभयो ।

काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडेर कालोसूचिमा राख्न आफैले प्रकृया अघि बढाउने समेत चेतावनी दिनुभयो ।मुख्यमन्त्री पोख्रेलले संघिय संसदका सांसद हिराचन्द्र केसी, शान्ता चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनस्याम पाण्डे, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, सडक कार्यालयका इन्जिनियर लिलाबहादुर भण्डारी सहितलाई लिएर सडक तथा पुलको निरिक्षण गरेका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्