रारा बाट फर्केपछि उपराष्ट्रपतिले भने कर्णाली धनी छ



 

कर्णाली । कर्णाली भ्रमणमा गएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले रारा र शे–फोक्सोण्डो तालको जल लिएर बुधबार काठमाडौं फर्किएका छन् ।‘कर्णाली रारा पर्यटन वर्ष २०७५’ सफल बनाउन भन्दै कर्णाली सरकारले उपराष्ट्रपति पुनलार्इ आमन्त्रण गरेको थियो । भ्रमणका क्रममा उपराष्ट्रपति पुनले शे– फोक्सुण्डो ताल र रारालगायतका पर्यटकीय क्षेत्रको प्रबर्द्धन सम्बन्धी कार्यक्रममा सहभागी जनाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले कर्णालीको समृद्धिको लागि पर्यन प्रबर्द्धन गर्नुपर्ने बताएका थिए । बुधबार आयोजित शे–फोक्सुण्डो पर्यटन प्रबर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै उनले शे–फोक्सुण्डो स्वर्गको परी भएको भन्दै भ्रमणका लागि सबैलाई अपीलसमेत गरेका थिए ।‘कर्णाली गरीब होइन धनी प्रदेश हो । आजको दुनियाँमा जोसँग प्राकृतिक स्रोत साधन छ, ऊ नै धनी हो,’ उनले भने, ‘कर्णाली धनी छ । स्वर्गको परी जस्तो शे(फोक्सोण्डो यहीं छ । सबैसम्म यसको सबैले भ्रमण गर्नुपर्दछ । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रारा कर्णाली पर्यटन वर्षले कर्णालीको पर्यटन प्रबर्द्धन हुने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्