नेकपाले दियो प्रदेश कमिटिलाई पूर्णता



काठमाडौ । नेकपाको सचिवालय बैठक सकिएको छ । नेकपाको सचिवालयको बैठकले सात वटा प्रदेश कमिटिको एकीकरणलाई पूर्णता दिँदै सबै प्रदेश कमिटिका सदस्यहरु नाम टुंगो लगाएको छ । प्रदेश कमिटीको नामावलीलाई अन्तिम रुप दिनुअघि सबै सदस्यहरुलाई प्रस्ताव बाँडेर पालैपालो नाम पढेर सुनाइएको एक नेताले बताए । वरिष्ठताको मापदण्डअनुसार भए नभएको अन्तिम छलफल गरेर प्रदेश कमिटीको नामावली पारित गरिएको हो ।

तर सचिवालय बैठकले केन्द्रिय समितिको सदस्यहरुको कार्य विभाजन र जनवर्गिय संगठनको एकीकरणको सम्बन्धमा निर्णय गर्न सकेन। बैठक आज फेरि बस्ने र बाँकि रहेका काम टुंग्याउने नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्