सैघाली खबर
दाङ १६ साउन
जिल्ला प्रहरी कार्यालय दाङ वितेको एक वर्षमा दुई सय ५३ जना फरार अभियुक्त लाई पक्राउ गरेको छ ।विभिन्न अपराधिक आरोपमा फरार रहेका अभियुक्तहरु लाई वितेको एक वर्षमा २ सय ५३ जना पक्राउ गरी आवश्यक कार्वाहीका लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख धिरज प्रतार्प िसंहले जानकारी दिए ।
प्रहरीको विशेष अभियान अन्र्तगत फरार अभियुक्तहरु लाई कानुनी दायरमा ल्याउने प्रयासका साथ जिल्ला प्रहरीले अरोपितहरु लाई पक्राउ गर्दै सजायका लागि अदालत र कारागार पठाउने गर्दै आईरहेको छ । प्रहरी प्रमुख सिंहका अनुसार पक्राउ परेका २ सय ५३ जना लाई १ सय ६ वर्ष ७ दिन सजाय र २४ लाख , ३४ हजार , ८ सय , ५६ रुपैया ६ पैसा जरिवान तोकिएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय दाङले जवरजस्तीकरणीमा फरार रहेका अभियुक्त लाई सोमवार तुलसीपुर बजार क्षेत्र वाट पक्राउ गरेको छ । २०७२ साल कार्तिक १ गते घोराही उप–महानगरपालिकाकी १८ की परिवर्तित नाम ५६‘८’ लाई सामुहिक करणी गरी फरार रहेका घोराही उप–महानगरपालिका १८ का २२ वर्षिय अनुप भन्ने खिम वहादुर पुरी लाई पक्राउ गरेको छ । सामुहिककरणी गरी फरार रहेकाले पुरी तुलसीपुर बजारमा लुकिछिपी वसीरहेको अवस्थामा प्रहरीको विशेष टोलीले प्रक्राउ गरी आवश्यक कार्वाहीका लागि दाङ–देउखुरी जिल्ला अदालत वुझाएको जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।