घोराही उपमहानगरपालिका—१६ को कार्यालय बन्द



घोराही उपमहानगरपालिका—१६ का वडाध्यक्ष लक्षिणप्रसाद बुढा मगरको असमायीक निधनले १६ नम्बरको कार्यलयका सम्पुर्ण काम बन्द रहेको छ ।

गएको जेठ महिनादेखि बिरामी भएका वडाध्यक्ष बुढा मगरको गएराती ३ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

२०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्बाचनमा घोराही—१६ को वडाध्यक्ष पदमा निर्बा्चित बुढा मगरले वडामा नमुना काम गर्दै आउनुभएको थियो । उपचारका क्रममा उहाँको भारतको मेदान्त अस्पतालमा निधन भएको हो । विभिन्न रोगले ग्रसित बुढा मगरको उपचार नेपाल, भारत र थाइल्याण्डमा समेत गरिएको थियो ।

बुढा मगरका एक श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् । उहाँको अन्तिम दाहसस्कार आज दिउसो १ बजे घोराहीको शंखेपिपलघाटमा गरिने पारिवारिक श्रोतले जनाएको छ ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्