एक महिनामा ११ जनाको हत्या



जनक नेपाली
दाङ । गएराति घोराहीमा एक ब्यापारीको हत्या गरियो । घोराही बसपार्क नजिक हार्डवेयर सञ्चालन गर्दै आएका ४६ बर्षीय नन्दबहादुर घर्तीको अज्ञात समुहले हत्या गर्र्याे । रोल्पाको माडी गाउँपालिका ६ कोर्चावाङ घर भएका घर्तीको चक्कु प्रहार गरी हत्या गरियो । उधारो सामान लगेको २ लाख ५४ हजार रुपैयाँ माग्दा उनको हत्या भएको प्रहरीले आशंका गरेको छ ।

घर्तीको मात्र होईन केही समय अघि तुलसीपुर उमहानगरपालिका ६ का सुकलाल भण्डारी, रुपन्देही तिलोत्तमा ४ का जगत बहादुर गाहा, नवलपरासीको पश्चिम सुनवल १० का गंगा बहादुर कुमाल र बांके राप्ती सोनारी १ का हरी बहादुर बुढामगरको पनि कुटपिटबाट ज्यान गयो । गत कात्तिक १९ गते बर्दिया बढैयाताल गाउँपालिका ३ का मोहन खटिक र मंसिर ७ गते कपिलवस्तु शुद्धोधन गाउँपालिकाका दिपेन्द्र कुमार चौधरीको गोली हानी हत्या भयो ।

गत कात्तिक ११ गते कपिलवस्तुको महाराजगन्ज नगरपालिका १ की सुमित्रा परियार, कात्तिक १५ गते गुल्मी मदाने गाउँपालिका ६ की सिता नेपाली र मंसिर ५ गते रोल्पा सुनिल स्मृति गाउँपालिका ५ की त्रिमता घर्तिमगरको श्रीमानको बञ्चरो प्रहारबाट ज्यान गएको प्रहरीको तथ्याङमा उल्लेख गरिएको छ । यी घटनामा प्रहरीले केहीलाई पक्राउ गरि कारर्वाही प्रकृया अगाडी बढाएको छ भने केही फरार भएका छन । प्रहरीका अनुसार प्रदेश नं. ५ मा पछिल्लो समय यस्ता आपराधिक घटना दैनिक बढ्दो क्रममा रहेको प्रदेश नं. ५ का प्रहरी प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले जानकारी दिनुभयो ।

गत कात्तिक १२ गतेदेखि मंसिर १३ गतेसम्म कुटपिट तथा गोली प्रहारबाट ११ जनाको हत्या भएको अधिकारीले जानकारी दिनुभयो । यो अवधिमा ५० वटा यौनजन्य अपराधका घटना भएको बताउँनुभयो ।जसमा जबरजस्ती करणी ३१, जवरजस्ती करणी उद्योग १४ र बाल यौन दुरुपयोगका ५ वटा घटना घटेको उहाँले जानकारी दिनुभयो ।

खुल्ला रुपमा रहेको भारतीय सिमावर्ती क्षेत्रबाट भित्रिने हतियार र लागूऔषधका कारण ५ नं. प्रदेशमा अपराधिक गतिबिधि धेरै हुने गरेको अधिकारीले वताउनुभयो ।प्रहरीले यो अवधिमा ५७ नाल भरुवा वन्दुक र एक र एक थान एयरगन र कटुवा पेस्तोल बरामद गरेको जनाएको छ ।कुनै पनि बहानामा कानुन उलंघन गर्ने छुट कसैलाई नभएको बताउँदै प्रहरीले पनि अपराध न्यूनिकरण र अनुसन्धानका कार्यमा प्रविधीको प्रयोगलाई बढाउन थालेको जानकारी दिनुभयो ।

प्रहरी प्रमुख अधिकारीले प्रहरीलाई प्रविधिमैत्री बनाउन विभिन्न योजनाहरू अघि सारेको जानकारी दिदै नेपालगञ्जमा प्रदेश स्तरीय वैज्ञानिक प्रयोगशालाको निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो । प्रहरीलाई टेक्नोफ्रेण्ड बनाउन विभिन्न योजना अगाडि सारेको बताउँदै चेकपोष्टहरुमा सिसिटिभी जडानसँगै सूचना प्रवाह गर्दा कागजको सट्टा ईन्टरनेटको प्रयोगलाई बढाएका छौं ।उहाले प्रहरीको सही टिम क्षमताका साथमा परिचालन गर्नेतर्फ आफूहरू केन्द्रित रहेको भन्दै प्रहरीले दिने सेवाको गुणस्तर अनुगमनको लागि समेत छुट्टै टिम बनाएको दावी गर्नुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्