सारा र मेनुकाको साथ संगै उनिहरुको आर्ट, यस्तो छ जिवन भोगाईको यथार्थता



रेणु डि.सी.

धनुषाकि दुर्गा सुनुवार (सारा तुनिज कोईज) हिजोआज अलिक व्यस्त नै छिन् । हुन त उनको उमेर हेर्दा साथिहरुसंग रमाईलो गर्ने, मोज मस्ति नै गर्ने जस्तो देखिन्छ । किनकि उनि जस्ता धेरै युवायुवति यस्तै अवस्थामा भेटिन्छन् वा देखिन्छन् । तर सारालाई त्यस्तो गर्न समय छैन ।

प्लस टु म्यानेजमेन्टबाट गरेकि साराले व्याचुलर भने फाईन आर्टबाट गरिन् । र हाल उनि आर्टमा नै व्यस्त हुन्छिन् । सारालाई सानैदेखि नै केहि भिन्न गर्न मन पथ्र्यो । यस कारण पनि अहिले उनि यस पेशामा आवद्ध हुन सफल भईन भन्दा पनि फरक नपर्ला । अरुले गरेको आर्ट देख्दा भुतुक्दै हुने सारालाई सुरुमा आर्ट सम्बन्धि पढाई हुन्छ भन्ने थाहाँ थिएन रे ।

उनि भन्छिन्, ‘जव मैले एसएलसि दिए, त्यसपछि साप्ताहिकमा आर्ट सम्बन्धि केहि आर्टिकल पढे तर त्यसको बारेमा मलाई बिस्तृत रुपमा जानकारी भएन, त्यसैले प्लस टु म्यानेजमेन्ट बाट गरे ।’ उनि अगाडि थप्छिन्, ‘मैले म्यानेजमेन्ट पढेपनि आर्टप्रतिको मेरो मनको रहर मेरेकै थिएन, त्यसैले प्लस टु गरिसक्दा बित्तिकै साथिहरुसंग आर्टको बारेमा सल्लाहा लिए र उनिहरुले यस सम्बन्धि पढाई हुन्छ भनेपछि म मा खुशीको सिमा नै रहेन ।’

यस्तै कोहलपुरकि मेनुका शाही ठकुरीको कथा पनि सारको भन्दा कम छैन । मेनुकालाई पनि सानैदेखि आर्ट सम्बन्धि निकै नै चाहना थियो । उनले स्कुलमा पनि आर्ट कोर्थिन् । मेनुकाको आर्ट देखिसकेपछि साथि तथा शिक्षकहरुले पनि राम्रो भएको प्रतिक्रिया दिन्थे । तर मेनुकलाई यस बारेमा गहिरो ज्ञान थिएन । र त आर्ट तिर ईच्छा हुँदाहुँदै पनि उनि प्लस टु साईन्सबाट गर्न बाध्य भईन् ।

जव मेनुकाले प्लसु साईन्स गरिन् त्यसपछि मेनुकाले साथि कै माध्यमबाट फाईन आर्टको बारेमा जानकारी लिएर व्याचुलर गर्न सफल भईन । अहिले मेनुका पनि सारा जत्तिकै व्यस्त छिन् ।

भौगालिक दुरिले घर टाँठा भएपनि हाल सारा र मेनुकाको मन र कर्म एउटै बनेको छ । उनिहरुले व्याचुलर संगै गरे । बिगत ५/६ बर्षदेखि आर्ट पनि संगै गर्न हिडिरहेका हुन्छन् । देख्दा जति नै सुन्दर छन् मेनुका र सारा, उनिहरुको सम्बन्ध त्यो भन्दा निकै सुन्दर छ । फाईन आर्टबाटै मास्टर्स गर्ने योजना बनाएका यि दुबैको सपना अन्तराष्ट्रिय स्तरसम्का आर्टहरुमा सहभागि हुनु छ ।

नेपालका बिभिन्न ठाँउहरुमा सारा र मेनुकाको नाम र काम बिकिसकेको छ । आर्ट कै लागि भनेर यि दुई मुगु, भक्तपुर, ललितपुर, सिन्धुली, काठमाण्डौ लगाएतका जिल्लामा पुगिसकेका छन् । काम गरिरहदा बिभिन्न खाले बाधा अड्चनहरु आएको अनुभव पनि सारा र मेनुकासंग छ । आर्थिक अभाव आफुहरुको प्रमुख समस्या भएको सारा बताउछिन् ।

परिवारले आफुहरुको पेशालाई नबुझ्दा दुःख लाग्ने मेनुकाको गुनाँसो छ । उनिहरु भन्छन्, ‘हामिलाई रेगुलर कामको अफर आउदैन, यो कामकोलागि निकै नै मेहनत गर्नु पर्छ, परिवारका सदस्यहरु पैसा कमाउन नसक्दा हामिहरुको यो पेशाप्रति सन्तुष्ट हुदैनन् अनि दुःख लाग्छ ।’

तर पछिल्लो समय मानिसमा बिस्तारै चेतनाको बिकास हुदै गएपछि प्रिन्ट भन्दा आर्ट कै महत्व बेसि भन्नेहरुबाट मात्र आफुहरुको खोजि हुने गरेको उनिहरु बताउछन् । आर्ट गर्दा पेन्ट लगाएतका सामग्रि महङ्गो हुने हुदा पनि मानिसहरु यस तर्फ अलिक आकर्षित हुन नसकेको उनिहरुको अनुभव छ । खाँसगरि रेष्टुरेन्ट तथा क्याफेहरुमा पछिल्लो समय अलि माग हुने गरेको पनि सारा र मेनुका बताउछन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्