Deputy Prime Minister and Minister for Home Affairs Bam Dev Gautam and Deputy Prime Minster and Minister for Federal Affairs and Local Development during a meeting of the Development Committee under the Legislature Parliament chair by Rabindra Adhikari held on Monday at Singha Durbar, Kathmandu. Kumar Shrestha, RSS

मुख्य समाचार

स्थानीय तहको शासन सञ्चालनको व्यवस्था गर्न बनेको विधेयकमाथि संसदीय समितिमा छलफल

By थाहा अनलाइन

August 01, 2017

सैघाली खबर काठमाडौं , साउन १७

Deputy Prime Minister and Minister for Home Affairs Bam Dev Gautam and Deputy Prime Minster and Minister for Federal Affairs and Local Development during a meeting of the Development Committee under the Legislature Parliament chair by Rabindra Adhikari held on Monday at Singha Durbar, Kathmandu. Kumar Shrestha, RSS

स्थानीय तहको शासन सञ्चालनको व्यवस्था गर्न बनेको विधेयकका विषयमा आज संसदीय समितिमा छलफल हुँदैछ । संसदको विकास समितिले त्यसका प्रावधानका विषयमा छलफल गर्दैछ । विधेयकमाथि एक हजार ५६ संशोधन प्रस्ताव दर्ता भएका छन् । दफावार छलफलका लागि संसद्बाट विकास समितिमा आएको विधेयकमाथि परेका संशोधन प्रस्तावबारे टुंगो लगाउन उपसमिति गठन गरिएको छ । गाउँपालिका वा नगरपालिकाको संख्या र सिमाना प्रदेश सरकारले हेरफेर गर्न पाउनुपर्ने, वडाको सिमाना गाउँपालिका र नगरपालिकाले हेरफेर गर्न पाउनुपर्नेलगायतका संशोधन विधेयकमाथि परेका छन् । संशोधनका सबै प्रस्तावमाथि पाँच दिन भित्र सहमति जुटाउन समितिले उपसमितिलाई निर्देशन दिएको छ । त्यसै अनुसार उपसमितिले आज छलफल गर्नेछ । हिजो बसेको विकास समिति बैठकले सांसद रामचन्द्र पोखरेलको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा कांग्रेसबाट संयोजक पोखरेल, आङटावा शेर्पा, एमालेबाट गणेश पहाडी र वैजनाथ चौधरी, माओवादी केन्द्रबाट तुलसा राना, संघीय समाजवादी फोरमबाट डा. शिवजी यादव र लोकतान्त्रिक फोरमबाट कल्पना चौधरी सदस्य छन् ।