नेपाल कम्युनिस्ट पार्टीले निर्मला पन्तको न्यायको लागि विशाल प्रदर्शन गर्न लागेको छ । नेकपाले यही मंसिर १६ गते देशभर विशाल प्रदर्शन गर्न लागेको हो । बलात्कारपछि हत्या भएको चार महिना पुगिसक्दा पनि दोषी पत्ता लाग्न नसकेको भन्दै नेकपाले विरोध प्रदर्शन गर्न लागेको हो ।
यसैबीच नेकपा कञ्चनपुरले एक विज्ञप्ति जारी गरेर मंसिर १६ गते दिउँसो १२ बजे पुरानो जिल्ला प्रशासनको कार्यालय अगाडिबाट र्यालीको सुरु हुने बताएको छ । “निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि अहिलेसम्म अपराधीहरु कानुनी कठघरामा आउन सकेका छैनन ।
यो घटनामा राज्यले देखाएको लाचारी, गैरजिम्मेवारीपना र अपराधीलाई संरक्षण गर्ने गतिविधिले सम्पूर्ण आम नेपाल जनसमुदायलाई लज्जित तुल्याएको छ । राज्यको यस्तो घृणित र लज्जास्पद कार्यप्रति घोर भत्सर्ना र तीब्र घृणा व्यक्त गर्दछौँंँ’ विज्ञप्तिमा भनिएको छ ।
नेकपाका जिल्ला इन्चार्ज अग्नि र सेक्रेटरी परिवर्तनले विरोध र्यालीम सहभागी हुन जिल्लाका विद्यार्थी, शिक्षक, प्राध्यापक, बुद्धिजीवी, समाजसेवी, नागरिक समाज, अधिकारकर्मी, व्यपारी, व्यवसायी, युवा, मजदूर, किसान, राजनीतिकर्मी, पत्रकारसहित सबै सहभागी हुन अपील पनि गरेका छन् ।
यसअघि पार्टी पुनर्गठन दिवसको अबसरमा काठमाडौंमा आयोजना गरिएको जनसभामा पार्टी प्रवक्ता प्रकाण्डले निर्मलाको हत्यामा सरकारी मान्छेको संलग्नता रहेको भन्दै दोषीलाई आफ्नो पार्टीले कारवाही गर्ने बताएका थिए ।
यस्तो छ विज्ञप्ति
न्यायको लागि भन्दै धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्तको मानसिक समस्या देखिएपछि उपचारको लागि काठमाडौं ल्यागिएको छ । उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।