१६ वर्षीय किशोरी मृत फेला



कैलालीको टीकापुर नगरपालिका १ मा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । किशोरी ब्लक नम्बर १६ को १६ वर्षीया पुजा थापा भएको पुष्टि भएको छ ।

शुक्रबार बिहान थापाको शव घरदेखि दुई सय मिटर उत्तरतर्फ रहेको एक निर्माणाधिन घर नजिकै खुल्ला चौरमा भेटिएको थियो । किशोरीको मोवाइल, ज्याकेट चप्पल उक्त निमार्णधिन घर भित्र भेट्टीएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसी शिवबहादुर सिंहले बताए ।

थापा मावली घरमा बज्यै तुलसी रावलसँग विगत ६ वर्षदेखि बस्दै आएकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको टिकापुर प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्