लागूऔषध बाेकेकाे गाडीसहित दुर्इ भारतीय पक्राउ



कंलकीबाट थानकोटतर्फ जाँदै गरेकाे भारतीय नम्बर प्लेटको गाडीबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित दुर्इ भारतीयलार्इ पक्राउ गरेकाे छ

बिहीबार बेलुका भारतीय गाडीबाट लागूअाैषध अाेसारपसार भइरहेकाे छ, भन्ने गाेप्य सुचनाकाे अाधारमा थानकाेट प्रहरी बृत्तकाे टाेलीले वि आर १ ए एच ६९०८ ईन्जिन नम्बर एफ १० डिएन ३२९६५८९ नंको भारतीय कार जाँच गर्दा लागूऔषध फेला पारेकाे जनाएकाे छ । गाडीबाट भारतकाे विहार चम्पारणका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई प्रहरीले पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले गाडीमा जेब्रा झोला भित्र लुकाइ राखेकाे लागुऔषध भेटिएकाे बताए । उनका अनुसार उनीहरूकाे साथबाट डाइजेपाम ६ सय ९५ एम्पुल, नुर्फिन ६ सय ९६ एम्पुल र फेनार्गन चार सय ९५ एम्पुल गरी एक हजार अाठ सय ८६ एम्पुल लागुऔषधका साथै वाइन सिरेफ सात बोतल बरामद भएकाे छ ।

साथै स्यामसुङ्ग मोवाइल, दुई थान नोकिया सादा सेट, एक थान जीव लेखिएको सादा सेट, १ थान एनटिसि र भारतीय सिम बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको र उनीहरूलार्इ लागुऔषध एेन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको थानकोट प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्