स्वर्गद्धारी घुम्न गएका छोरा बेपत्ता खोजी गरिदिन परिवारको आग्रह



घोराही उपमहानगरपालिका–१३ सेवार तुुरुन्तपुुरका १६ वर्षिय सुुवास पुन दुुई हप्तादेखि बेपत्ता हुनुुभएको छ । गत मंसिर २ गते घरबाट साथीहरुसंग प्युुठानको स्वर्गद्धारी घुम्न भनि गएको र घर फर्कने क्रममा बाटोबाटै हराएका पुन अझै सम्म सम्पर्कमा नआउँदा परिवार चिन्तित बनेको छ ।

सुवास र उनका साथीह? गत कार्तिक ३० गते स्वर्गद्धारी हिडेर गएको र मंसिर २ गते घर फर्कदा बाटोबाटै सम्पर्कबिहिन भएको उनका दाई संजिब पुुनले जानकारी दिनुुभयो । उहाँले भाईको खोजीका लागि प्रहरी प्रशासनसम्म खबर तथा जानकारी गराउँदा पनि कुुनै पत्ता नलाग्दा खोजीका लागि सबैमा अनुुरोध गर्नुुभएको छ ।

उहाँका अनुुसार सुुवाससंगै गएका साथीह?ले आफुुह?लाई कुुनै जानकारी नभएको बताएका छन् । रातो टिर्सट र कालो जाकेटमा हराएका सुुवास अन्दाजी पाँच फिटका रहेको र भेटाउनुुहुने महानुुभावले मोवाईल नम्बर ९८२९५–०२४४० मा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ । सुवासले घोराहीको अल्फा इंगिलीस बोर्डिङ स्कुुलमा कक्षा १० मा अध्ययन गर्दै आउनुुभएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्