धादिङको हुग्दीखोला पुलबाट ट्रक खस्यो



सैघाली खबर
जोगीमारा धादिङ १७ , साउन

पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० स्थित हुग्दीखोला पुलबाट ट्रक खस्दा २ जना गम्भीर घाइते भएका छन । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ४७३८ नम्बरको डिब्बा ट्रक जोगीमारास्थित हुग्दीखोला पुलबाट खसेर दुर्घटना भएको जोगीमारा प्रहरीले जानकारी दिएको छ । 

विपरीत दिशाबाट आइरहेको ना ५ त ९१५६ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिई ट्रक खोलामा खसेको हो । दुर्घटनामा ट्रकका चालक र सहचालक सिन्धुपाल्चोकका प्रकाश श्रेष्ठ र दिलीप सापकोटा तथा ट्याक्टरमा सवार धादिङका निरज चेपाङ घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको जोगीमाराका स्थानीय विश्वदीप डीसीले जानकारी दिए ।

हुग्दीखोला पुल पृथ्वी राजमार्गको अत्यन्तै जोखिमपूर्ण पुल बनेको छ । उक्त पुलमा पटक–पटक सवारी साधन दुर्घटनामा पर्दै आएका छन । गत असार ९ गते पनि काठमाडौँबाट चितवन जाँदै गरेको ना ६ ख ३१२३ नम्बरको ट्रक यसै पुलबाटै खसेर दुर्घटना हुँदा ३ जना यात्रुको नै मृत्यु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्