‘द ब्रेकअप’ को दोश्रो गीत यस्तो छ – भिडियो सहित हेर्नुहोस



 

काठमाडौ । पौष २७ गतेबाट रिलिज हुन लागेको चलचित्र द ब्रेकअप मा समावेश दोश्रो गीत रिलिज गरिएको छ । चलचित्रमा दाङका रुपक थापा, दिपक खतिवडा, रेनु राना, हेमराज वीसीको लगानी रहेको छ । थापाले घोराहीमा व्यवसाय संचालन गर्दै आउँनु छ ।चलचित्रको दोश्रो गीत ‘हरपल को छायांकन अष्ट्रेलियामा गरिएको छ । विराज गौतमको स्वर र संगीत रहेको यो गीतमा प्रकाश मल्लको शब्द छ ।

 

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई फिचरिङ गरिएको छ । हेमराज वीसीको कथा, पटकथा तथा निर्देशन गरेका छन् । नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको यो गीतको मेकिङ आकर्षक छ । चलचित्र ‘दि ब्रेकअपमा रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनालको पनि मुख्य भूमिका छ । लभ स्टोरी कथामा बनेको चलचित्रले दर्शकलाई नयाँ प्रेमको दुनियाँमा लैजाने दाबी यसका निर्देशकको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्