के आशिरमान इमरान हाश्मी बन्न खोजेका हुन् त ?



नायक आशिरमान देशराज जोशीले अहिलेसम्म २ वटा चलचित्रमा अभिनय गरे । त्यसमा पनि एउटा मात्र चलचित्र उनको रिलिज भएको छ । अर्को चलचित्र ‘ब्रेकअप’ रिलिज हुने क्रममा छ ।

तर, संयोग नै मान्नुपर्छ दुबै चलचित्रको गीतमा आशिरमानले नायिकासँग लिपलक गरेका छन् । पहिलो चलचित्र ‘ग्याङस्टार ब्लूज’मा आना शर्मासँग लिपलकको दृश्य दिएका आशिरमानले दोश्रो चलचित्र ‘ब्रेकअप’मा नायिका शिल्पा मास्केसँग लिपलकको दृश्य दिएका छन् ।

यसैले पनि उनलाई अब बलिउडका नायक इमरान हाश्मी बन्न खोजेको आरोप लागेको छ ।  एक कार्यक्रममा उनलाई यही प्रश्न नै सोझियो । जसको जवाफमा उनले भने–‘मैले आफूलाई कोही अर्को हिरो बनाउनका लागि लिपलकको दृश्य दिएको होइन ।

दुबै चलचित्रमा त्यो कथाको माग थियो ।’ आशिरमानले २ वटा चलचित्रमा लिपलकको दृश्य दिदैमा यसो भनिहाल्न नमिल्ने बताए । आफूले यही दृश्य दिन्छु नै भनेर नदिएको पनि उनले बताए ।आशिरमान पहिलो चलचित्रको असफलताले केही हच्किएका छन् । यसैले पनि उनका लागि यो दोश्रो चलचित्र चल्न आवश्यक छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्