‘ गाँउको सम्पत्ती,व्यक्तिको एकलौटी ’



गिरिराज नेपाली
दाङ १७ , साउन
गाँउको सार्वजानिक सम्पत्तिमा व्यक्तिको एकलौटी चलेको छ । साँझा प्रयोगका लागि गाँउमा खानेपानीका लागि सार्वजानिक कुँवा निर्माण गरे पनि गाँउलेहरुले उक्त खानेपानी योजनाको उपभोग गर्न पाएका छैनन । जिल्ला विकास समिति दाङको अनुदान र साँविक विजौरी गाँउ विकास समितिको आर्थिक सहयोगमा तुलसीपुर उप–महानगरपालिका वडा नम्वर १८ दुधरासको गंगनटोलमा निर्माण सम्पन्न भएको सार्वजानिक खानेपानी कुँवामा समुदायले उपभोग गर्न पाएका छैनन ।

गाँउलेहरुको साझा प्रयोगका लागि खानेपानी कुँवा निर्माण गरे पनि व्यक्तिको स्वामित्व रहेको जग्गामा कुँवा निर्माण गर्दा व्यक्तिको मात्रै हालिमुहाली चलेको स्थानियहरु वताउछन । समुदायका अधिकाश व्यक्तिहरु लाई लाभान्वित वनाउने दलित लक्षित शिर्षक अन्र्तगतको वजेट लाईपरिवर्तन गरी ‘दलित वस्तीमा खानेपानी योजना निर्माण ’ का लागि परिवर्तन गरी खानेपानी कुँवा निर्माण गरे पनि अधिकाश उपभोक्ताहरुले उक्त खानेपानी योजनाहरुको प्रयोग गर्ने अवसरवाट वञ्चित रहेका छन ।

तुलसीपुर उप–महानगरपालिका १८ का नेकपा एमाले साँविक विजौरी गाँउ कमिटिका निवर्तमान अध्यक्ष डिल्ली पुन पहलमा स्थानिय गोविन्द नेपाली स्वामित्वमा रहेको जग्गामा सार्वजानिक कुँवा निर्माण गरिएको छ । सार्वजानिक कुँवा समुदायको स्वामित्व रहने गरी निर्माण गरै पनि नेपाली र पुनको एकलौटी वनेको छ ।

जिविस अनुदान र गाँउ विकास समितिको लक्षित दलित वर्ग तर्फको शिर्षकमा योजनाको लगानीमा खोनपानी कुँवा निर्माण गरे पनि लक्षित समुदायले उत्त खानेपानी कुँवाको प्रयोग गर्न नपाएको स्थानियहरु वताउछन । दलित लक्षित कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७२÷७३ मा जिविस अनुदान तर्फ ५० हजार र आथिर्क वर्ष २०७३÷७४मा साँविक गाँउ विकास समिति तर्फ वाट २८ हजार गरी २ आर्थिक वर्षमा ७८ हजारको लागत सम्म कँुवामा गाँउलेहरुको भन्दा व्यक्तिले व्यक्तिले मात्रै खानेपानी प्रयोग गर्ने गरेको स्थानिय गुनासो ।

स्थानिय उपभोक्ता दल वहादुर नेपालीले दलित लक्षित तर्फको दलित वस्तीमा खानेपानी कुँवा निर्माण गरे पनि खानेपानी दलितहरु वञ्चित रही गैर–दलितहरुले एकलौटी रुपमा प्रयोग गर्ने गरेको वताए । सार्वजानिक कुवाँ व्यक्तिको जग्गामा निर्माण गरेकाले व्यक्तिले व्यक्तिले छेकवार गरी आफुले मात्रै प्रयोग गर्ने गरेको वताए । उनले भने – ‘सार्वजानिक सम्पत्ति समुदाय स्वामित्व र अधिकार हुनुपर्ने हो । ’तर व्यक्तिले मात्रै प्रयोग गर्ने गरेको छन । व्यक्तिको जग्गामा सार्वजानिक लगानीले निर्माण भएको खानेपानी कुँवा समुदायका व्यक्तिले आफ्नो स्वामित्व सहितको् प्रयोग गर्न नपाउदा खानेपानीको समस्या भोग्नु परेको उनले वताए । दलित वस्तीमा खानेपानी कुँवा निर्माण भनि योजना सम्पन्न भए पनि दलित समुदायले उक्त योजनाको उपभोग गर्न पाएका छैनन । योजना निर्माण सम्झौता अनुरुप व्यक्तिले समुदाय लाई स्वामित्व दिन नसक्दा योजना एकलौटी रुपमा व्यक्तिले नै प्रयोग गर्ने गरेका छन । योजना उपभोक्ता समिति निर्माण भए पनि उपभोक्ता समितिको सर–सल्लाह नै नगरी व्यक्तिको जग्गामा कुँवा निर्माण गरेकाले जग्गाधनिले आफुले मात्रै प्रयोग गर्ने गरेको समुदायको गुनासो छ ।

त्यस्तै स्थानिय प्रवेश विकले दलित लक्षित कार्यक्रम अन्र्तगत आयोजना सम्पन्न भए पनि दलित समुदाय लक्षित कार्यक्रम नाममा मात्रै सिमित वनेको उनले वताए । राज्यले पछि परेका दलित समुदायको उत्थानका लागि १० प्रतिशत लक्षित कार्यक्रम तर्फ वजेट विनियोजन गरी दलित समुदायको उत्थानका लागि पहल गरे पनि पहुचवालहरुको व्रचश्वले दलितका योजना र पैसाको चरम दुरुपयोग भएको उनले वताए । २० घरधुरी रहेको गंगनटोलमा ३ वटा सार्वजानिक खानेपानीका धारा रहदा रहदै पनि पहुचवालाहरुले आफुमुखी प्रयोगका लागि घरअगाडी नै खानेपानीको कँुवा निर्माण गरे । तर हगाँउका खानेपानी धारा नपुगेका टोलहरुमा उक्त योजना पुग्न सकेन । खानेपानी पुग्न नसकेका गाँउका अन्य टोलहरुमा खानेपानीको हाहाँकार छ । खानेपानी योजना निर्माण सम्पन्न भए पनि व्यक्तिको जग्गा र व्यक्तिकै एकलौटी चलेकाले गाँउका अन्य सर्वसाधरणहरुको खानेपानी वाट विमुख भएको छन । लक्षित वर्ग समुदायका लागि छुट्याएको योजना समुदायका विकासमा खर्चिएकाले दलित समुदाय पहुच र अवसर वाट वञ्चित रहेको उनले वताए ।
पहुचवालाहरुको योजना माग गरी आफु अनुरुप योजना वाँडफाँट निर्माण गर्ने गरेकाले आफुहरुका लागि आएको पैसा र योजना दलित समुदायले उपभोग गर्न नपाएको गुनासो गरे । स्थानिय नेताहरुले गाँउलेहरुको सोझोपनको फाईदा लुुटदा गाँउलेहरु अधिकार वाट विमुख हुनु परेको छ । योजनाका लागि जिविस अनुदान र गाविस सहयोगमा ७८ हजार विनियोजन भए पनि उपभोक्ता समितिले रकम अपुग भन्दै प्रति घर एक हजार रुपैया सहयोग उठाएको जानकारी दिए । गाँउलेहरुले सहयोग स्वरुप उक्त सहयोग रकम दिए पनि सहयोग गरे वाफतको समेत खानेपानीको सुविधा नपाएको उनले वताए ।

ठेकेदारले पाएनन पैसा

अधिकाश योजनाहरु उपभोक्ता लाई ठेकेदारले घटनाहरु प्रशस्तै भेटिन्छन । तर तुलसीपुर उप–महानगरपाकिला १८ दुधरासको गंगनटोलमा निर्माण सम्पन्न भएको खानेपानी कुँवाको पैसा निर्माण ठेकदारले अझै पैसा पाएका छैनन । योजना सम्पन्न भई वजेट फ¥यौट भई सक्दा समेत आफुले पैसा नपाउन वताए । ठेकेदार गर्वु गुरुङले योजना सम्पन्न भई उपभोक्ता समितिले वजेट निकासा गरी सक्दा समेत उपभोक्ता समितिले आफुलाइृ कुँवा निर्माण गरे वाफतको सहमति अनुसार रकम नदिएको वताए । कुँवा निर्माणका लागि उपभोक्ता समिति र आफुविच लिखित सहमति भए पनि लागत अनुसारको रकम अझै नपाएको उनले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्