सरकारविरुद्ध लाखौ किसानहरु सडकमा, आज संसद भवन घेराउ



भारतीय किसानहरु सडकमा निस्केका छन् । उनीहरुले ऋण माफी र कृषि उपजको उचित मूल्य माग गर्दै राजधानी नयाँ दिल्लीमा भेला भएका छन् ।

बिहीबारदेखि किसानहरु भारतका विभिन्न क्षेत्रबाट दिल्लीमा आयोजित र्‍याली र सभामा सहभागिताको लागि दिल्लीमा भेला भएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । किसानहरु आज संसद भवन घेराउ गर्ने तयारीमा छन् ।

पञ्जाव, हरियाणा, उत्तर प्रदेश, आन्ध्र प्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, तमिलनाडु, पश्चिम बंगाललगायतका राज्यबाट लाखौं संख्यामा किसानहरु दिल्ली पुगेको अखिल भारतीय किसान संघर्ष समन्वय समितिले जनाएको छ ।

किसान तथा कृषि मजदूरसँग सम्बन्धित विभिन्न २०७ संगठनको प्रदर्शनमा सहभागीता छ । किसानहरुको ¥यालीका कारण नयाँ दिल्लीको यातायात व्यवस्था प्रभावित भएको छ ।

किसानहरु संसद भवन घेराउका लागि जाने तयारी गरिरहँदा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा तुल्याएको जनाइएको छ । दिल्लीका विभिन्न स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्