पूर्व राष्ट्रपति जर्ज एच डब्लूको निधन



अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ । उहाँ सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति हुनुहुन्थ्यो ।

उहाँ अमेरिकाका ४१ औँ राष्ट्रपति हुनुहुन्थ्यो । त्यसअघि उहाँले ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

तत्कालीन सोभियत युनियन र अमेरिकाबीचको शितयुद्ध अन्त्य गर्नका लागि उहाँको भूमिका महत्वपूर्ण छ । उहाँका  छोरा जर्ज डब्लू बुश अमेरिकाको ४३ औँ राष्ट्रपति बन्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्