जाडोमा घुम्न जाँदै हुनुहुन्छ ? यि कुरामा ध्यान दिनुस्



नेपाल सबै मौसममा घुम्न मिल्ने गन्तव्य हो । तर, पनि हिमाली क्षेत्रमा भने जाडो मौसम सुरु भएपछि धेरै चहलपहल हुँदैन । कतिपय उच्च हिमाली क्षेत्रका बासिन्दा जाडोमा बेँसीतिर झरेका हुन्छन् ।

त्यसकारण, हिमाली क्षेत्रमा घुम्न निस्कँदा भने बस्ने स्थानको उपलब्धता कति छ भन्ने निक्र्योल नगरी हिँड्नु राम्रो हुँदैन । जाडो मौसममा घुम्न निस्कँदा स्वास्थ्यमा भने विशेष ख्याल गर्नुपर्छ ।

कपडा : जाडो मौसमको चिसोले स्वास्थ्यमा निकै असर पार्छ । त्यसैले, न्यानो कपडा बोक्नुपर्छ । ज्याकेटसहित भित्र लगाउने कपडा पनि न्यानो नै हुनुपर्छ । अझ हिउँ पर्ने गन्तव्यमा जाने हो भने त पानीले नभिज्ने कपडा बोक्नु राम्रो हुन्छ ।

जुत्ता : कपडासँगै जुत्तामा पनि विशेष ध्यान दिनुपर्छ । जुत्ता पनि पानीले नभिज्ने हुनुपर्छ । नत्र पानीले खुट्टा कठ्यांग्रिने हुन्छ जसले यत्रामा समस्या आउन सक्छ ।

चश्मा : हिउँ पर्ने स्थानमा जाने वा अन्य क्षेत्रमा जाने पर्यटकले पनि चश्मा भने लगानुपर्छ । चश्माले आँखालाई सुरक्षित राख्छ । साथै हिउँबाट बच्नलाई त चश्मा अनिवार्य नै हुन्छ ।

क्रिम बोक्ने : आफ्नो शरीरको छालाको बचावटका लागि पनि आवश्यक क्रिमहरू बोक्नुपर्छ । मस्चराइज, ओठमा लगाउने युबीलगायतका क्रिम बोक्नुपर्छ ।

मद्यपान नगर्ने : उच्च हिमाली क्षेत्रमा जाने पर्यटकले मद्यमान र धूम्रपान गर्न हुँदैन । त्यसले शरीरलाई गलाउनुका साथै लेक लाग्ने सम्भावना बढाउँछ ।

औषधि बोक्ने : घुम्नका लागि निस्कने पर्यटकले स्वास्थ्यका लागि आधारभूत औषधि बोक्नु राम्रो हुन्छ । लेक लाग्नबाट बच्नका लागि लसुनजस्ता केही घरेलु औषधि आवश्यक हुन्छ । अनि लेक लाग्नबाट बच्नलाई डाइमेक्स, पानी सफा गर्ने औषधि, जीवनजल, एन्टिबायोटिक, पेनकिलरजस्ता औषधि बोक्नु राम्रो हुन्छ ।

प्रशस्त पानी पिउने : घुम्न निस्कँदा प्रशस्त पानी पिउनुपर्छ । जाडो मौसम भएकाले तातोपानी पिउँदा राम्रो हुन्छ । हिँड्दा डिहाइड्रेसन हुने सम्भावना हुन्छ । त्यसकारणले पनि पानी पिउनमा भने ध्यान दिनुपर्छ ।

खाना : यात्रामा खानामा पनि ध्यान दिनुपर्छ । सफा खाना खानुपर्छ । अनि झोलिलो खाना बढी फाइदाजनक हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्