राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्याण्डको भ्रमणमा जाने भएकी छिन् । पोल्याण्डको कातोबिचमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धि कोप २४ औं सम्मेलनमा सहभागी हुन उनी त्यता जान लागेकी हुन् ।
उनले सोमबार सम्मेलनलाई सोम्बोधन गर्नेछिन् । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसहित केही सांसद र उच्च पदस्थ अधिकारीहरु पनि पोल्याण्ड जाँदैछन् ।
भ्रमणका क्रममा पोल्याण्डका राष्ट्रपतिसहित विभिन्न उच्च स्तरीय भेटघाट पनि हुँदैछ । भ्रमणबारे राष्ट्रपतिको कार्यालयले विज्ञप्तिबारे जानकारी दिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।