‘पिरिम नलाउने’ लाई एक करोड भ्युज



दसैँलाई लक्षित गर्दै सार्वजनिक गरिएको गीत ‘पिरिम नलाउने’ लाई दर्शकले मन पराएका छन् । गत अक्टुबर ९ मा सार्वजनिक गरिएको गीतले डिसेम्बर १ मा एक करोड भ्युज पार गरेको छ ।

टिकटोकमा पनि हिट भएको गीतलाई करोड भन्दा बढी पटक हेरिएको हो । आशिष सचिन र मेलिना राइको स्वर रहेको गीतलाई संगीतकार दीपक शर्माले कम्पोज गरेका हुन् ।

दसैँको माहोल झालिकिने किसिमले तयार गरिएको गीतको भिडियोमा गायक आशिष सचिनसँगै मोडेल बर्षा राउत देखिएकी छिन । प्रेमिकाको गुनासो र प्रेमीको परिस्थितिलाई चित्रण गरिएको गीत मार्फत पाएको मायाले गायक आशिष दंग छन् ।

आरोही एल्बममा समावेश गीतको भिडियोलाई सञ्चारकर्मी समेत रहेका निर्देशक सुव्रत आचार्यले निर्देशन गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्