‘रग्वी फेस्टिभल तथा लाईभ म्युजिक’ २०१८ हुने भएको छ । मंसिर २२ गते सनिवार टुडिखेलमा हुन गईरहेको उक्त कार्यक्रमा २ हजार पाँच सय बढी दर्शकलाई उपस्थित गराउने आयोजको तयारी छ ।
नेपाली गीत संगीत तथा फिल्म क्षेत्रमा आवद्ध कलाकारहरुलाई एउटै मञ्चमा उपस्थित गराउने कार्यक्रमको मुख्य उद्देश्य हो ।
‘रग्वी फेस्टिभल तथा लाईभ म्युजिक’ कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, आशिष राना, नितेश जंगकुवर, स्वप्न सुगम, डिजे सुरेन, डिजे कुईन् लगाएतका कलाकारको उपस्थिति रहनेछ ।
विहान ७ देखि बेलुका ७ बजेसम्म सञ्चालन हुने यस कार्यक्रमको सहजिकरण सुभेक्षा खड्काले गर्ने जनाईएको छ । नेपालमा रग्वी संघको स्थापना २०५२ सालमा भएको हो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।