दाङ । राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौं दाङ ले पुस र माघमा संगठन निर्माण अभियान चलाउने भएको छ । अखिल छैठौको घोराहीमा बसेको बैठक ले शैक्षिक निजीकरण र संघीयताका विरुद्ध हाम्रो अभियान जनमुखी शिक्षाका निम्ति जुझारु संगठन निर्माण भन्ने मुल नाराका साथ अभियान चलाउने निर्णय गरेको हो ।अभियान को सिलसिलामा जिल्लाका सबै स्कुल र क्याम्पसहरुमा संगठन निर्माण हुने समेत जनाएको छ । यसैगरी जिल्लाको बैठक ले संगठनको कामलाई सहज बनाउन जिम्मेवारी बिभाजन गर्नुका साथै सचिबालयको समेत निर्णय गरेको छ । बैठक अखिल छैठौं जिल्ला अध्यक्ष धुब्र वेल्वासेको अध्यक्षतामा बसेको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।