खुमेल नगरपालिककै पहिलो पुर्ण भर्ना घोषणा



पहलमान घर्ती,

रोेल्पा नगरपालिकाको ३ नम्वर वडालाई पुर्ण भर्ना घोषणा गरिएको छ । यो नगरपालिकाकै पुर्ण भर्ना घोषणा गरिएको खुमेल पहिलो वडा रहेको छ । वडा भरी रहेका ९ सय ३६ बालबालिकाहरु विद्यालयको पहुँचमा आएपछि यो वडालाई पुर्ण भर्ना वडा घोषणा गरिएको हो । ४ देखि १२ वर्ष उमेर समुहका सबै बालबालिबाहरु विद्यालयमा भर्ना भएको वडा कार्यालयले जनाएको छ ।

पुर्ण भर्ना घोषणा कार्यक्रममा बोल्दै रोल्पा नगरपालिका प्रमुख पुर्र्ण केसीले शिक्षाको क्षेत्रमा पनि नगरपालिकाले नगर स्तरीय गुरु योजना निर्माण गरिरहेको बताए ।

कम्तीमा पनि १५÷२० वर्ष पुग्ने योजना बनाउन लागेका छौ केसी भने कहाँ कहाँ विद्यालय राख्ने हो कती लाभान्वित हुन्छन् त्यसको सवेक्षण भइरहेको समेत बताए । विद्यालय समायोजनका लागि भौगलिक तथा मानवीय वस्तीको चुनौती रेहेका उनले जनाए । नगरपालिकाले शिक्षामा ठुलोम मात्रामा लगानी गरेको बताए । रोल्पा नगरपालिकालाई शैक्षिक हवका रुपमा स्थापित गर्ने लक्ष्य रहेको केसीले सुनाए ।
५ वर्षमा शैक्षिक हवका रुपमा चिनाउन चाहन्छौं उनले भने देशका विभिन्न भागहरुबाट यहाँ विद्यार्थी पढ्न आउने वातावरण बनाऔछौ उनले भने । रोल्पा नगरपालिका भित्र सीटीईभीटीबाट मेबाङमा प्राविधिक शिक्षालय सञ्चालन भइरहेको पनि बताए । भने अव यही वर्ष भित्र माडीचौर बीएसीएजी सञ्चालन हुने समेत बताए ।

गुणस्तरीय शिक्षा विद्यार्थीले प्राप्त गर्न नसक्दा रोल्पा नगरपालिकाले डिप्लोमा लेभलको प्राविधिक शिक्षा पढ्नका लागि दिने १०० जनाको शतप्रतिसत अनुदानमा ५०÷६० जनाले मात्र अध्ययन गर्ने गरेको गुनासो गरे । प्राविधिक शिक्षा पढ्नको लागि लिइने प्रवेश परिक्षामा विद्यार्थीले पास गर्न नसक्दा कोटा पुरा हुन नसकेको बताए ।

नगर शिक्षा समिति संग हाल शिक्षा सम्वन्धी कुनै पनि योजना नभएको श्रोत व्यक्ति तथा नगर शिक्षा समितिका सदस्य सचिव राजेश धिताले बताए । आफुहरु पञ्चवर्षे योजना निर्माणमा लागीरहेको बताए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षक साचिकै शिक्षा बन्न नसकेको बताए । शिक्षकले शिक्षण पेशा मात्र नभई राजनीति र अन्य पेशा गर्दा विद्यार्थीले राम्रो शिक्षा नपाएको जनाए । शिक्षामा सरकारले थोरै मात्रै लगानी गरेको बताएका थिए । जिल्लामा शिक्षाको अवस्था सन्तोष जनक नभएको गुनासो गरे । पुर्ण भर्ना घोषणा गरिएपनि विद्यार्थी विद्यालयमा टिकाइ राख्ने चुनौती भएको समेत उल्लेख गरे ।

शिक्षा पाउने अवसरबाट कुनै पनि बालबालिका बन्चित नहुन भनेर यस्तो कार्यक्रम सञ्चालन गरिएको हुरेक रोल्पाका कोषाध्यष सुभद्रा रेग्मीले बताए । हामीले अनुगमन गर्दा यस वडामा १४ जना बालबालिका विद्यालय भन्दा बाहिर रहेको पायौं उनले भने ती बालबालिकाहरुलाई हुरेक रोल्पाबाट आर्थिक सहयोग गरी विद्यालयमा भर्ना गरेपछि पुर्ण भर्ना गर्न सफल भएको बताए । हुरेक रोल्पा र सेभ द चिड्रेनको समन्वय तथा आर्थिक सहयोगमा पुर्ण भर्ना कार्यक्रम भएको हो ।

रोल्पा नगरपालिका ३ नम्वर वडाका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथि रोल्पा नगरपालिका प्रमुख पुर्ण केसीको रहेको थियो । भने विषिट अतिथिका रुपमा जिल्ला समन्वय समिति रोल्पाका सदस्य कर्मलाल परियारको रहको थियो । कार्यक्रममा जिल्ल्ला स्थित पत्रकार, स्थानीय राजनीतिक दल शिक्षक विद्यार्थी र स्थानीयवासी उपस्थित भएका थिए । कार्र्यक्रमको सञ्चालन वडा सचिव ओविलाल थापाले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्