घर्तीको शव यात्रा आज



दाङ । व्यवसायी नन्दबहादुर घर्तीको अन्त्येष्टिका लागि अहिले बिहान शवयात्रा सुरु गरिएको छ । घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विहान १० बजे शव यात्रा सुरु हुने घोराही उप–महानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सुरु हुने शव यात्रा निमाहल रोड,हस्पिटल रोड, गणेशमन्दिर टोल,नयाँ बजार, नयाँ बजार हुदै अन्तिम श्रद्धाञ्जलीका लागि विहान १२ बजे सम्म शव उहाँको माडी हार्डवयरमा राखिने अध्यक्ष डाँगीले जानकारी दिनुभयो । घर्तीको विहीबार हत्या गरेको थियो ।

हत्या भएको कारण रकम लेनदेन मात्र नभएको भन्दै प्रहरीले संग व्यापक अनुसन्धान गर्न परिवारले माग गरेका छन् । व्यवसायी घर्तीको हत्या अभियोगमा रोल्पा तालावाङका अमर खत्री पक्राउ परेका छन् । पीडित परिवार र आफन्तले भने घटनाको अनुसन्धानबाट खत्रीले मात्र हत्या नगरेको दावी गर्दै आएका छन् । प्रहरी संग आफन्तले अनुसन्धानका दायरा बढाउँन माग गरेका छन् । यसैविच मगर पत्रकार संघ दाङले घटनाको विरोध गरेको छ । संघका केन्द्रिय सल्लाहकार एवं व्यवसायी नन्दबहादुर घर्तीको हत्यामा संलग्नलाई कडा कारवाहीको माग समेत गरेको छ । संघका अध्यक्ष रेखा मगरले विज्ञप्ती जारी गर्दै घटनाको विरोध गर्नु भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्