म्यानमारकी नेतृ सु की स्वदेश फिर्ता



एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर म्यान्मारका स्टेट काउन्सिलर आङ सान सू की आज स्वदेश फर्कनुभएको छ ।

नेत्री सू कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्नुभयो ।

सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि नेतृ सु की यही मङ्सिर १३ गते काठमाडौं आउनुभएको थियो । शनिबारदेखि शुरु भएको सम्मेलन आज सम्पन्न हुँदैछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्