मुनाको प्रतिक्षामा उमेश, भेट्न खोज्नुको कारण यस्तो



उदयपुरका उमेश राउत आजभोलि काठमाण्डौमा छन् । काठमाण्डौ आउनुको मुख्य उद्देश्य उनको आफुमा भएको प्रतिभा मिडिया मार्फत दर्शकको माझमा पु¥याउनु हो । उमेशलाई साथ दिएका छन् गायक राजकुमार खड्काले ।

गायक खड्काले झापा नै पुगेर उमेशलाई काठमाण्डौ ल्याएका हुन् । खड्काका अनुसार आफु उदयपुरमा मेडिकल सञ्चालन गरेर बस्दा उमेशको प्रतिभाको बारेमा जानकार भएपश्चात सहयोगको भावना उत्पन्न भएको हो ।

उमेश छट्ट हेर्दा उमेर अनुशार शारिरिक बनावटमा अरु भन्दा होचा छन् । देख्दा होचा भएपनि डान्सको माध्यमबाट दुनिया चकित पार्ने क्षमता छ उमेशमा ।

छमछमि सिजन टु मा सहभागि भएका उनि अव भने मुना थापा मगरसंग भेट््न चाहन्छन् । मुना पनि शारिरिक रुपमा होचि भएपनि निकै नै प्रतिभा भएकि व्यक्ति हुन् । मुनासंग भेटेर संगै म्युजिक भिडियोमा काम गर्ने रहर छ उमेशको ।

गायक खड्काका अनुसार उमेशको चाहनाको बारेमा मुनालाई जानकारि गराईसकिएको छ । अवको केहि दिनमा आफु काठमाण्डौ आईपुग्ने पनि मुनाले जानकारि दिएकि छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्