Deputy Prime Minister and Finance Minister Krishna Bahadur Mahara speaking on the ocassion of 17th Annual General meeting of Society of Economic Journalists-Nepal, in Kathmandu, on Friday, September 16, 2016. Photo: RSS

मुख्य समाचार

स्थानीय तहमा अधिकार हस्तान्तरणको सदुपयोग गरेर विकास निर्माणमा लाग्न परराष्ट्रमन्त्री महराको सुझाब

By थाहा अनलाइन

August 01, 2017

सैघाली खबर, ,काठमाण्डौ, साउन १७ ।– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तहमा अधिकार हस्तान्तरण भइसकेकाले त्यसको सदुपयोग गरेर विकास निर्माणमा लाग्न निर्वाचित स्थानीय जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।

आधुनिक नेपाल मण्डल पर्यटन नगरी विकास बोर्डले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संविधानले स्थानीय तहलाई दिएको अधिकार अधिकार प्रयोग गर्न स्थानीय जनप्रतिनिधिलाई सुझाव दिएका हुन् ।

उपप्रधानमन्त्री महराले भने, ‘संविधानको परिपालना गर्ने हो भने केन्द्रमा रक्षा, परराष्ट्र तथा मौद्रिक नीतिजस्ता अधिकार मात्र रहेको छ, अन्य अधिकार प्रदेश र स्थानीय तहमा गएकाले त्यसको कार्यान्वयन गर्नुपर्छ ।’ मुलुक राजनीतिक संक्रमणको अन्तिम अवस्थामा रहेको भन्दै उनले प्रदेश र संघको निर्वाचनपछि मुलुक आर्थिक समृद्धिको बाटोमा लाग्ने बताए ।

उपप्रधानमन्त्री महराले पर्यटनको क्षेत्रमा ध्यान दिन सकियो भने मुलुकलाई केही वर्षमै समृद्ध बनाउन सकिने भएकाले त्यसतर्फ ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए ।

उनले भने, ‘पर्यटकीय रुपमा मुलुक भरिपूर्ण छ, यसबाट फाइदा लिन सक्नुपर्छ ।’ आफू अर्थमन्त्री हुँदा जारी भएको बजेटमा स्थानीय तहलाई वित्तीय हस्तान्तरणको नीति लिइएको बताउँदै उपप्रधानमन्त्री महराले उपत्यकाको समग्र विकासका लागि त्यसले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।