अब सडकमा हिड्दा मोबाइल फोन प्रयोग गर्न नपाइने जरिवाना तिर्नु पर्नै



एजेन्सी । अमेरिकाको हवाई राज्यको होनलुलु शहरले बाटो काट्दा मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । मोबाइलबाट सन्देश आदानप्रदान गरिरहेको वा आफ्ना मोबाइल सामग्रीहरु हेरिरहेको अवस्थामा कुनै पनि सडक यात्रु फेला परे उनीहरुलाई १५ देखि ३५ डलरसम्म जरिबाना गरिने बताइएको छ ।

उक्त प्रतिबन्धको उल्लंघन दोहोर्याएर गर्नेहरुलाई अझ बढी जरिबाना गराइने अधिकारीहरुले जनाएका छन् । आगामी अक्टोबरबाट लागु हुने उक्त नियमले सडक दुर्घटना नियन्त्रण गर्ने लक्ष्य लिएको छ।

तर आलोचकहरुले चाहिने भन्दा कडा नियम ल्याएको आरोप सरकारमाथि लगाएका छन् । होनलुलुका मेयर किर्क काल्डवेल चाँहि मानिसहरुले विवेक गुमाउँदै गइरहेको भन्दै अमेरिका भर सडक पार गर्दा सबैभन्दा बढी मानिसहरु उनको शहरमा दुर्घटनामा पर्ने गरेको बताएका छन् । होनलुलुका मेयरले हस्ताक्षर गरेको उक्त कानून उक्त राज्यको राजधानी र ओहाउ भन्ने टापुमा कार्यान्वयन गरिनेछ ।

अमेरिकाभर सन् २००० देखि २०११ सम्म भएका मोबाइल फोन प्रयोग जोडिएका सडक दुर्घटनामा ११ हजार भन्दा बढी मानिस घाइते भएका थिए । तर आलोचकहरुले नयाँ कानूनले नागरिक स्वतन्त्रतामा आँच पुर्याउने भन्दै यस्ता प्रकृतिका दुर्घटना शिक्षाको माध्यमबाट कम गर्न सकिने तर्क गरेका छन् ।

सडकमा मोबाइल फोनको प्रयोगलाई निरुत्साहित गर्न जर्मनीको एउटा शहरले कानून परिवर्तन नगरी सचेतना अभियानको प्रयोग गर्दै आएको छ । मानिसहरुले माथि हैन तल हेरेर पनि जानकारी पाउन सकुन भनेर आउग्जवर्ग शहरले भुइँमा ट्राफिक संकेतहरु राखिदिएको थियो । –

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्