संवैधानिक परिषदको बैठक स्थगित्, २२ गते बस्ने



भावी प्रधानन्यायाधीश सिफारिसका लागि बसेको संवैधानिक परिषद्को बैठक स्थगित् भएको छ । बैठकमा चोलेन्द्र शमशेर राणा वा दीपकराज जोशी कसलाई सिफारिस गर्ने भन्ने विषयमा सहमति हुन नसकेपछि निष्कर्ष विहिन बनेको हो ।

न्याय परिषद्ले जोशीलाई पहिलो नम्बर र राणालाई २ नम्बरमा राखेर परिषद्मा पठाएको थियो । सो अनुसार भावी प्रधानन्यायाशीको टुंगो लगाउन सोमबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसेको थियो । त्यस्तै वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल आगामी पुस १८ गतेदेखि सकिँदैछ। बैठक अर्को २२ गते बस्ने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्