बिद्यालयको अवस्थाबारे वडा अध्यक्षद्धारा अनुगमन



कपिल लामिछाने

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले सोमबार यस वडामा रहेका जनता संस्कृत माबि र बेलझुण्डी आधारभुत बिद्यालयमा गई त्यहाँको अबस्थाको बारेमा अनुगमन गर्नुभएको छ । वडा अध्यक्ष वलीले वडामा रहेका सबै बिद्यालयमा गई त्यहाँको अबस्था र के कस्तो पढाई भैरहेको छ भनेर अबलोकन गर्ने जानकारी दिनुभएको छ ।

उहाँले सोमबार अबलोकनका क्रममा सम्पुर्ण बिद्यालयहरुमा शिक्षकहरुको अनिबार्य उपस्थिति र खाली समयमा केटाकेटिहरुले अनाबश्यक कुराहरुमा चासो दिन सक्ने भएकाले अब सबै शिक्षकहरुले खाली समयको बेलामा केटाकेटिहरुलाई केहि अन्य बाहिरी कुराको ज्ञान दिएर उनिहरुको मानसिकतामा सकारात्मक सोचको बिकास गराउनु पर्ने कुरामा जोड दिनुभएको थियो ।

तुलसीपुर उपमहानगरपालिका १८ भित्र रहेका २ वटा माबि १ वडा आधारभुत र ३ वटा प्राथमिक बिद्यालयहरुमा पालैपालो गएर अबलोकन गरि त्यहाँको अबस्थालाई मध्यनजर गर्दै शिक्षामा नयाँपन ल्याउने वडा अध्यक्ष वलीले बताउनु भयो ।

जनता माबि बिजौरीमा कक्षा अबलोकन गर्दै वलीले बिद्यार्थीहरुको सर्वाङ्गीण बिकासका लागी मनोबैज्ञानिक तरिकाले शिक्षा दिनुपर्ने बताउदै केहि जानकारी नदिई बिद्यालय नआउने शिक्षक शिक्षिकाहरुलाई कारबाही समेत गरिने चेतावनी दिनुभयो ।

शिक्षा जस्तो क्षेत्रमा लापरवाही नगरी बिद्यार्थीहरुको मनोभावना अनुसार हरेक बिद्यालयहरुले नयाँ निति ल्याउनुपर्ने कुराको निर्देशन दिदै आगामी दिनहरुमा शिक्षामा अझै पहुँच बढाउन वडाले नया अबधारणा ल्याउने भन्दै अटेरी गर्ने शिक्षकशिक्षिकाहरु सबैलाई कारबाहीका लागि सिफारिस समेत गरिने वडा अध्यक्ष वलीले बताउनु भयो ।

साथै तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले सोमबार कार्यलयमा एक बैठक गरि साउनबाट मंसिर ११ गतेसम्मको आम्दानी प्रतिबेदन सार्वजनिक गरेको छ । वडा सचिव निर्मल रेग्मीले प्रस्तुत गरेको प्रतिबेदनमा साउनबाट मंसिर ११ गते सम्म नगदी रसिद र सम्पती कर बाट उक्त रकम जम्मा गरिएको थियो ।

नगदी रसिदबाट २ लाख ९८ हजार ७ सय १० रुपैया र सम्पती करबाट ३ लाख ७ हजार २८ रुपैया जम्मा गरि हालसम्म ६ लाख ६८ हजार ७ सय ३८ रुपैया वडाले जम्मा गरेको वडा सचिव निर्मल रेग्मीले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्