समाचार

बेबारिसे शव महिलाको फेला

By थाहा अनलाइन

August 01, 2017

सैघाली खबर दाङ १७ , साउन दाङको राप्ती गाँउपालिका वडा नम्वर १ बेबारिसे महिलको शव फेला परेको छ । अन्दाजी ३० वर्षिय एक महिलाको बेबारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोमवार दिउसो १२ वजे राप्ती नदि किनार प्रंगना सिचाई आयोजना नजिक शव फेला परेको हो जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।

वाढीका कारण महिलाको शव बगाए ल्याएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको जानकारी दिए । मृतक महिलको शव लाई लमही अस्पताल शव गृहमा राखिएको छ । शवको अन्य कुनै पहिचान खुल्न सकेको छैन । महिलाको दायाँ हातमा ‘यमाकला ’लेखिएका छ ,भने औलामा सुनको औठ पनि रहेको सिंहले जानकारी दिए ।