दाङमा २३ जनाको मृत्यु



दाङ ।  दाङमा २३ जनाको मृत्यु भएको छ । जिल्लामा वितेको एक बर्षमा भएका ९३ दुर्घटना, परि २३ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि ५६ जना घाइते भएका छन् । सबैभन्दा बढी ५२ मोटरसाइकल दुर्घटना परेका थिए । यस्तै १२ बस, १० टेक्ट्रर, आठ जीप तथा कार, छ टेम्पो तथा तीन/ तीन ट्रक र टिपर दुर्घटना भएको प्रहरीले जनाएको छ । सोही अवधिमा ८९ सवारीसाधन दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक उत्तमकुमार जिसीले जानकारी दिनुभयो ।

साथै सो अबधिमा ट्राफिक नियम उललंघन गर्ने १० हजार ५९२ चालकलाई कारवाही गरेको थियो । कारवाहीमा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल चालक चार हजार ८९, ट्रक चालक दुई हजार ९६, बस चालक एक हजार ३सय ९६, जिप चालक एक हजार २सय२४, ट्र्याक्टर चालक एक हजार २००, टेम्पो चालक ४सय८७ र अटोरिक्सा चालक १०० भन्दा बढी रहेका छन् । चालकलाई कारवाही गर्दा रु ६४ लाख ७२ हजार राजश्व सङ्कलन भएको जिसीले बजानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्