२–२ रुपैयाँ मूल्य घट्यो पेट्रोल र डिजेलमा



काठमाडौ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । अढाइ महिनापछि मूल्य समायोजन गरेको निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान २/२ रुपैयाँ प्रतिलिटर घटाएको छ । सोमबार रातिबाट लागू हुने गरी मूल्य घटाएपछि उपत्यकामा पेट्रोल १ सय १२ र डिजेल तथा मट्टितेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी)ले आइतबार पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको भाउ घटेर आएपछि नेपाली बजारमा पनि मूल्य समायोजन गरेको निगमले जनाएको छ । स्रोतका अनुसार आइओसीले भारतमा दैनिक मूल्य घटाउन थालेपछि नेपालमा पनि दबाब भएको हो । मूल्य घटाएपनि निगमले आगामी १५ दिनमा ५६ करोड ५८ लाख रुपैयाँ नाफा कमाउनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्