प्राविधिक स्टिमेन्टका आधारमा कामगर्न निर्देशन 



दाङ । घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले प्राविधिक स्टिमेन्टका आधारमा काम गर्न निर्देशन गर्नु भएको छ । घोराही उप–महानगरपालिका वडा नं. १४ ले विकास निर्माण सम्बन्धि आयोजना गरेको तालिम समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नु भएको हो । त्यस अबसरमा बोल्ने उपभोक्ताहरुले योजनाको स्टिमेन्ट गर्दा नेपाली भाषामा गर्न आग्रह गरेका थिए ।

 

अंग्रेजी भाषामा स्टिमेन्ट गर्दा थुप्रै समस्या देखिने वताउँदै त्यसका लागि उपभोक्ताले बुझिने सरलभाषामा काम गर्न आग्रह गरेका थिए । प्रमुख चौधरीले विकास निर्माणका काम गर्दा लुकेका बिल भरपाई प्रष्ट रुपमा देखाई काम गर्न समेत उपभोक्ता समितिलाई आग्रह गर्नुभयो । पछिल्लो समय राज्यलाई कर छल्ल थुप्रै गतिविधी भएको वताउँदै त्यसको सबै मिलेर नियन्त्रण गर्नुपर्ने बताउँनुभयो । अनिवार्य रुपमा नगरपालिका दर्ता भएका व्यवसायी संघ उपभाmो समितिले कारोवार गर्न निर्र्देशन गर्नुभयो । तालिममा नगर उप–प्रमुख सिता न्यौपाने,पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशन,घोराही १७ का अध्यक्ष खुशीराम चौधरी नगरप्रहरी प्रमुख शशी शर्मा नेकपाका प्रतिनिधी कृतिमान पुन लगाएले बोल्नु भएको थियो । तालिम नगरपालिकका ईन्जिनिएर युवराज पौडेल , प्रकाश नेपाली लगाएले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षमा सम्पन्न भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्