लागूऔषधसहित ३ पक्राउ



भारतबाट लागूऔषध ओसारिरहेका तीन जनालाई प्रहरीले भारतीय सीमानजिक छिन्नमस्ताबाट सोमबार पक्राउ गरेको छ । छिन्नमस्ता गाउँपालिका–३ बाट पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका–१ फत्तेपुरका २० वर्षीय विजय देव, राजविराज नगरपालिका–६ का ३० वर्षीय सुनिल गुप्ता र वडा नं ८ का २१ वर्षीय सागरकुमार मण्डल रहेका छन् ।

प्रहरीले जाँचका क्रममा देवको साथबाट नाइट्रोभेट १५० ट्याब्लेट, गुप्ताको साथबाट नाइट्रोभेट ३० ट्याब्लेट र मण्डलको साथबाट डिएलेक्स डिएल तीन बोतल बरामद गरेको छ । यसैबीच, प्रहरीले सप्तरीको बिष्णुपुर गाउँपालिकाका तीन वडामा सोमबार एक हजारभन्दा बढी गाँजाको बोट नष्ट गरेको छ ।

बिष्णुपुर गाउँपालिका वडा नं २, ३, र ४ स्थित ६१ घरपरिवारले लगाएको गाँजाको बोट नष्ट गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । इलाका प्रहरी कार्यालय बिष्णुपुरको प्रहरी टोलीले गाँजाको बोट नष्ट गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्