राष्ट्रपति र मुख्यमन्त्रीको गाउँ जाने बाटोको पुल निर्माण नै अपलत्र



उदयपुर र भोजपुर जोड्ने दुधकोशी नदीमा निर्माणाधीन पुल तोकिएको समयावधि भित्रै निर्माण हुन नसक्ने निश्चित भएको छ ।

चौदडीगढी नगरपालिका–१ रानीटार र आमचोक गाउँपालिका–१० को दारेगौडा पाञ्चा जोड्ने पक्की पुलको शिलान्यास तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ भदौ ३१ गते गरेका थिए ।

२०७३ असार ३० गते सम्झौता भएर ३६ महिनाभित्र (२०७६ असार २९ गते) सम्पन्न गर्नेगरी पप्पु रसुवा स्वच्छन्द जेभी काठमाडौंले निर्माणको जिम्मा पाएको हो ।

निर्माण कम्पनीइको लापरवाहीका कारण अहिलेसम्म पुलको ५ प्रतिशतमात्र काममात्र भएको छ । दुई सय मिटर लम्बाई, १० मिटर ५० सेन्टीमिटर चौडाईसहित ५ स्पानको ओपन बेल फउण्डेसन रहने पुलको २२ करोड २५ लाख रुपैयाँ निर्माण लागत रहेको पुल योजना पुर्वी क्षेत्र सेक्टर १ धरानले बताएको छ ।

निर्माणाधीन पुल र सडक हुँदै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको घर आमचोक गाउँपालिका–३ पसल भन्ज्याङ्ग र राष्ट्रपति विदयादेवी भण्डारीको माईती गाउँ रामप्रसाद राई गाउँपालिका माने भञ्ज्याङ्गसम्म पुग्ने मुख्यमार्ग रहेको स्थानीय बताउँछन् ।

निर्माण कम्पनीले सडक नबन्दा पुल निर्माणका ह्याब्बी इक्यूपमेन्ट लैजान नसकेकाले ढिलाई भएको दोष लगाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्