काँधमा खुट्टा राखेर मोटरसाइकल चलाई वल्र्ड रेकर्ड राखेका मनिष (भिडियो)



सुन्दा अचम्म लाग्ला तर वास्तविकता यहि हो । कोरियोग्राफर तथा गायक मनिष श्रेष्ठको नाम र उनको कामबारे जानकार नभएको सायदै होलान् ।

केहि समय पहिला गिनिज बुक अफ वल्डमा नाम लेखाउन सफल मनिष यस्तो अनौठो कलाले विश्वमा परिचित भएका व्यक्ति हुन् । हालसम्म पनि कोहि कसैले नगरेको काम गरेर मनिष गिनिज बुकमा नाम लेखाउन सफल भएका हुन् ।

त्यो हो काधमा खुट्टा राखेर मोटरसाईकल चलाउनु । हो मनिषले भक्तपुरदेखि घ्याम्पे सम्म पाँच किलोमिटर दुरि काधमा खुट्टा राखेर मोटर साईकल चलाएर पार गरेका हुन् ।

यस भन्दा पहिला विश्वमा कसैले पनि यस्तो खालको प्रतिभा नदेखाएका कारण मनिषको सर्टिफिकेट आउनमा ढिला भईरहेको छ । अव उनि २७ किलो मिटर दुरिको यात्रा गरेर आफ्नो रेकर्ड आफै ब्रेक गर्ने प्रयासमा छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्