अनमोल र सुहानाका लोभलाग्दा तस्वीहरु



निर्देशक झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ अहिले सर्वा्धिक चर्चामा छ । चलचित्रमा नायक अनमोल केसी र नव–नायिका सुहाना थापाको मुख्य भूमिका भएर पनि होला ।


यो चलचित्रलाई चैत्र २९ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ । चलचित्रको रोमान्टिक गीतका केही तस्बिर यसको निर्माणपक्षले सार्वजनिक गरेको छ ।

सार्वजनिक तस्बिरमा नायक केसी र नायिका थापाको निकै नै रामान्टिक मोड देखिन्छ । मनाङको आइस लेकमा यो गीतको छायांकन गरिएको हो ।


निर्माणपक्षका अनुसार ४ हजार ७५ मिटर उचाइमा यो गीत खिचिएको छ । निकै चिसो स्थान भएपनि गीतको भिडियोमा नायिका थापा खुलेकी छिन् ।
अनमोल केसीको लुक्सले पनि दर्शकको ध्यान तान्न सक्छ । राहुल शाहले कोरियोग्राफी गरेको गीतको भिडियोलाई संजय लामाले खिचेका छन् ।
चलचित्रको यो गीतमा प्रतिक अधिकारी र आशिष अविरलको संगीत छ । ‘जिन्दगी नै भन्दिनँ म’ बोलको गीतलाई आकर्षक तरिकाले खिचिएको हो । सुगम पोखरेलले यो गीतमा आवाज भरेका छन् ।


यो चलचित्रमा अर्पण थापा, सलोन बस्नेत लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ । चलचित्र ‘ए मेरो हजुर–३’ले आफ्नो प्रचार सामग्री स्वरुप गीत छायाकंनका तस्बिर सार्वजनिक गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्