प्रदेश ५ को नाम लुम्बिनी र राजधानी तिलौराकोट राख्दा आपत्ति छैन – प्रचण्ड



कपिलबस्तु । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नम्बर ५ को नाम लुम्बिनी र राजधानी तिलौराकोट राख्दा आपत्ति जनाइरहन नपर्ने बताएका छन् ।कपिलवस्तुमा मंगलबार १०औं कपिलवस्तु महोत्सव उद्घाटन पछि सम्बोधन गर्दै अध्यक्ष दाहालले हाम्रो इतिहास जोडिएकोले प्रदेशको नाम लुम्बिनी राख्दा फरक नपर्ने विचार राख्नुभयो । उहाँले रुपन्देही, कपिलवस्तु र नवलपरासी एउटै सहर हुने भएपछि राजधानी पनि तिलौराकोट राखिएमा आपत्ति गर्नुपर्ने कुरा नरहेको बताए।

तर, प्रदेश नाम लुम्बिनी र राजधानी तिलौराकोट राखिहाल्नुपर्छ भन्ने आफूले वाचा गर्न नसक्ने दाहालको भनाई छ । लुम्बिनी हाम्रो इतिहाससँग जोडिएको छ दाहालले तर्क गर्दै भने, यसमा आदिवासी जनजाति पनि जोडिएको भन्ने छ। सबैलाई समेट्ने नाम छ भने लुम्बिनी नाममा हामीले आपत्ति गर्नुपर्ने केही पनि छैन। कपिलवस्तुलगायतका जनताको भावनालाई आफूले सम्मान गर्ने भन्दै प्रदेश ५ को नाम र राजधानीका विषयमा पार्टी नेतृत्व र सरकारसँग छलफल गर्ने आश्वासन दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्