भेटिएको प्रेसर कुकर बम सेनाद्वारा निस्कृय



सल्यानको खलंगामा भेटिएको प्रेसर कुकर बम सेना बम डिस्पोजल टोलीले निस्कृय पारेको छ। शारदा नगरपालिका वडा न ३ स्थित जिल्ला हुलाक कार्यालय नजिकै दिउँसो फेला परेको बम भगवति प्रसाद गुल्मको डिस्पोजल टोलीले निस्कृय पारेको हो।

ब्रमकुमारी राज योग सेवा केन्द्रको जग्गा समथर बनाउने क्रममा जमिन मुनि प्रेसर कुकर फेला परेको सेनाको भनाई रहेको छ। शसस्त्र द्वन्दको समयमा प्रेसर कुकर बम राखिएको हुनसक्ने प्रहरीले अनुमान गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्