सार्वजनिक संस्थान किन बेचिए



काठमाडौ ।   ०४९ बाट सार्वजनिक संस्थानहरूको निजीकरण सुरु गरिएकोमा अहिलेसम्म १७ संस्थान बिक्री गरिएका छन् । ५ मंसिर ०४९ मा भृकुटी कागज कारखानाको व्यवसाय र सम्पत्ति बिक्री गरी निजीकरण सुरु गरिएको थियो । त्यसमध्ये सरकारले कतिपय संस्थानको व्यवसाय र सम्पत्ति दुवै बिक्री गरेको छ । कतिपय संस्थानको सेयर बिक्री गरेको छ भने कतिपय संस्थानको सम्पत्ति बिक्री र भाडामा समेत लगाएको छ ।

यसरी डेढ दर्जन संस्थान निजीकरण गर्दा सरकारले केबल ६ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ हात पारेको थियो । त्यसमध्ये सर्वाधिक रकममा निजीकरण भएको नेपाल दूरसञ्चार कम्पनी हो । ७ पुस ०६४ मा ८.५६ प्रतिशत सेयर बिक्री गर्दा सेयरको मूल्य ४ अर्ब २६ करोड ४१ लाख रुपैयाँमा बिक्री भएको थियो ।टेलिकमको अल्पमत सेयर सर्वसाधारण र कर्मचारीलगायतलाई बिक्री गरिएको थियो । टेलिकमबाहेकका संस्थान निजीकरण गर्दा सरकारले जम्मा २ अर्ब २८ करोड १४ लाख रुपैयाँ मात्रै हात पारेको थियो ।

सरकारले त्यसवेला उत्पादनमूलक संस्थानहरू बिक्री गरे पनि त्यसबाट भएको आम्दानी भने कुनै उत्पादनको क्षेत्रमा लगानी गरेन ।अर्थ मन्त्रालयका अनुसार यसरी निजीकरण गरी बेचिएका संस्थानबाट प्राप्त रकम राजस्वसरह सरकारी कोषमा दाखिला गरियो । र, बजेटमार्फत साधारण हिसाबले खर्च गरियो । अर्थात् संस्थानको निजीकरणबाट प्राप्त आम्दानी बिलाएर गयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्