काठमाडौं : मलेसियाले बंगलादेश, इन्डोनेसिया, भियतनामसँग पहिले अवैधानिक रुपमा बसिरहेका ति मुलुकका कामदारको विषयमा छलफल भएपछि श्रम सम्झौता गर्ने शर्त अगाडि सारेको छ ।
गत कार्तिक १२ मा नेपालसँग श्रम समझदारीमा हस्ताक्षर गरेपछि त्यहाँका मानव संशाधन मन्त्री एम कुलासेगारनले श्रमिक लिने मुलुकसँग एकै प्रकारको श्रम समझदारी गर्ने र एउटै प्रक्रिया मार्फत श्रमिक लिने बताएका थिए ।
पछिल्लो पटक मलेसियाका मानव संशाधन मन्त्री कुलासेगरनले ति मुलुकहरुसँग श्रम समझदारीमा हस्ताक्षर गर्नुअघि मलेसियामा वर्षौ देखि अवैधानिक रुपमा कार्यरत कामदारको विषय टुंग्याउन चाहेको बताएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।