के तपाइको चुरोट पीउने बानी छ ,भने यो एकपटक अबस्य पढ्नुहोस



एक सर्को धूम्रपान गर्दा सात हजारभन्दा बढी हानिकारक केमिकल मानिसको शरीरमा प्रवेश गर्छ । यसमध्ये २ सय ५० भन्दा बढी केमिकल निकै खतरनाक हुन्छ ।

 त्यसरी प्रवेश गरेको ६९ केमिकल क्यान्सरको कारण बन्ने गर्छ । हालै भएको अनुसन्धानले भनेको छ कि यस्ता हानिकारक केमिकल मानिसको मृत्युको कारणसमेत बन्न सक्छ ।

– धूम्रपान र तम्बाखुको सेवनले क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सिओपिड), मुटुमा धमनीसम्बन्धी रोग, सिबिडी र फोक्सोको क्यान्सर हुने सम्भावना पनि बढाएर लैजान्छ ।

– सिओपिडी समस्याको एक मात्र उपचार भनेको धूम्रपान त्याग्नु हो । जसको कारण मायोकर्डियल इन्फाक्रसन, फोक्सो क्यान्सरको सम्भावना पनि निकै कम भएर जान्छ । भारतमा भएका क्यान्सरका रोगीमध्ये ३० प्रतिशतभन्दा बढीलाई मुख र फोक्सोको क्यान्सर हुने गर्छ । र, एकचौथाइ क्यान्सरपीडितको कारण धूम्रपान भएको पनि पत्ता लागिसकेको छ ।

– धूम्रपानबाट फोक्सो र अन्य श्वासप्रश्वास तन्त्रलाई क्षति पु-याउने गर्छ । जसका कारण उच्च रक्तचाप, अक्सिजनको कमीलगायतका समस्या हुने गर्छ ।

– धूम्रपानले क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिजको पनि अत्यधिक सम्भावना हुन्छ । नियमित धूम्रपान गर्ने हरेक चारमध्ये एकलाई सिओपिडी हुने गरेको पनि अनुसन्धानबाट पत्ता लागेको छ । दम र सिओपिडी दुवैले फोक्सोको क्रियाशीलतामा कमी ल्याउने काम गर्छ ।

– धूम्रपान नगर्ने मानिसको तुलनामा धूम्रपान गर्नेमा सिओपिडीको सम्भावना तीन गुणाले बढेर जान्छ ।

– नियमित धूम्रपान गर्ने ४० प्रतिशत मानिसलाई स्थायी ब्रोङ्काइटिस हुने गर्छ । र, त्यसमध्ये आधा मानिसलाई सिओपिडीको सिकार हुने गर्छन् ।

नया पत्रिका

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्