दृष्टीबिहिन मायाँको अगरवत्तिसंगको सम्बन्ध (भिडियो)



रेणु डि.सी.
काभ्रे घर भएकि मायाँ राई अहिले काठमाण्डौमा छिन् । श्रीमान, आफु र एक छोरी सहित किर्तिपुरमा बस्दै आएकि मायाँ निकै व्यस्त पनि छिन् । दृष्टिविहिन मायाँ किर्तिपुरमा रहेको कालिका अगरवत्ति उद्योग मार्फत अगरवत्ति बनाउने र बजार व्यवस्थापन गर्ने काम गर्छिन् । उमेर मायाँ २८ बर्षिकि भईन् । ४ बर्ष पहिले बैवाहिक बन्धनमा बाधिएकि मायाँको एउटा सुन्दर छोरी पनि छिन् ।

जन्मजातै मायाँ दृटिविहिन भने होईनन् । जव उनि तीन बर्षको भईन्, आँखा पाक्यो तर उनले समयमै औषधिउपचार गर्न पाईनन् । घर परिवारमा शिक्षाको कमि अनि नजिकै अस्पताल नहुँदा मायाँले तीन बर्षको उमेर पश्चात सदाकोलागि आफ्नो आँखाको ज्योती गुमाउनुपर्यो । आफुले संसार देख्न नसकेपनि मायाँको आत्मविश्वासमा भने कहिल्यै कमि आएन । उनले पढ्ने ईच्छा देखाईन् ।

उनको ईच्छाप्रति परिवार पनि सकारात्मक भयो र त उनि अहिले व्याचुलर पाँस गर्न सफल भएकि छिन् । तर आफु दृष्टिविहिन भएका कारण भनेजस्तो जागिर गर्न नपाएको माँयाको गुनाँसो छ । खाँसगरि माँयालाई शिक्षिका बन्ने ठुलो रहर छ । तर उनको रहर रहरमै सिमित भएको छ । यस्तै गायिका बन्ने सपना पनि छ मायाँको ।

उनि बिभिन्न सांगेतिक कार्यक्रमहरुमा पनि सहभागि भएर आफ्नो प्रस्तुति दिईरहेकि हुन्छिन् । तर अन्तमा कला भन्दा पनि नातावाद र आर्थिक प्रलोभनमा परेर मायाँ जस्ता कलाका धनि व्यक्तिहरु ओझेलनमा पर्ने गरेका छन् । मनमा हजारौ सपनाहरु पाल्दै मायाँ अहिले किर्तिपुर स्थित नेपाल अपाङ्ग सेवा समितिमा तालिम लिएर अगरवत्ति बनाउन थालेकि छिन् । यस काममा मायाँलाई काभ्रेकि फुलमाया तामाङले साथ दिएकि छिन् ।

अगरवत्ति उत्पादन सम्मको काम मायाँले गरेपनि त्यसलाई बजार व्यवस्थान गर्न मायाँलाई गाह्रो हुने भएकाले फुलमायाले मायाँलाई साहारा दिएकि दिएकि छिन् । हुनत मायाँका श्रीमान पनि यहि काममा व्यस्त छन् । तर मायाँका श्रीमान प्रकाश बि.क पनि दृष्टिविहिन हुन् । २४ बर्षको उमेरसम्म प्रकाशले आँखा देख्थे । पछि मात्रै उनले आँखाको ज्योती गुमाएका हुन् ।

श्रीमान श्रीमती दृष्टिविहिन भएपनि उनिहरुको वैबाहिक सम्बन्ध भने एकदमै सुमधुर छ । प्रेम विवाह गरेका मायाँ र प्रकाशको प्रेम कहाँनि पनि निकै रोचक छ । दुवैजना दृष्टिविहिन हुदाँ घर व्यवहार चलाउनुपर्दाको पिडा त उनिहरुलाई नै थाहाँ होला र हामिले भने यो जोडिलाई उदाहरणको रुपमा लिएका छौ । शरिरको कुनै अङ्ग गुमाउदैमा जिन्दगि देखि नै हार खानेहरुले यो जोडिबाट केहि पाठ सिक्न जरुरि छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्