भारत भ्रमणमा देउवाका एजेन्डा स् पुरानै सम्झौता कार्यान्वयन गर्ने



सैघाली खबर,
काठमाडौं,१७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १ गतेदेखि गर्न लागेको भारत भ्रमणमा यसअघि भएका सम्झौता कार्यान्वयनलाई नै मुख्य एजेन्डा बनाउने तयारी थालेका छन् ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको चाहनाअनुसार विगतका सम्झौता कार्यान्वयन केन्द्रित एजेन्डालाई प्राथमिकतामा राखेर एजेन्डाकेन्द्रित छलफललाई तीव्रता दिएको छ ।

राजधानीमा खबर छ । भदौको पहिलो साता हुने प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले सरकारका विभिन्न मन्त्रालय, लगानी बोर्ड तथा सरोकारवाला निकायसँग छलफल गरिसकेकोे छ ।

‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालले उठाउने एजेन्डाका विषयमा छलफल भइरहेको छ,’ उपप्रधान तथा परराष्ट्र मन्त्रीका स्वकीय सचिव युवराज चौलागाईंले भने, ‘यो भ्रमणमा नयाँ सम्झौता गर्नेभन्दा पनि पहिलेका सम्झौता कार्यान्वयनको विषयमा छलफल हुनेछन् ।’
यसअघि प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण गरिसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले २०५२ सालमा भारतसँग गरेका सम्झौताको अवस्था र कार्यान्वयनसहित त्यसयता भएका सम्झौताको कार्यान्वयनका लागि पहल गर्ने बताइएको छ ।

२२ वर्षअगाडि प्रधानमन्त्रीको हैसियतमा देउवा भारत जाँदा महाकालीमा बन्ने पञ्चेश्वर परियोजनाका सम्बन्धमा सम्झौता भएको थियो । सो सम्झौताअनुसार अझसम्म पञ्चेश्वरको काम अगाडि बढ्न सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्