आई.एम.ई.को कस्टमर कार्ड प्रयोग गरे वाफत चौधरीलाई मोवाईल उपहार



सैघाली खबर
दाङ,१७ साउन । आईं एम ई बैक शाखा कार्यालय घोराही दाङले कस्टमर कार्ड प्रयोग गरे वाफत घोराही १५ निवासी विसा चौधरीलाई मोवाईल उपहार दिएको छ । शाखा कार्यालय घोराहीमा मंगलवार एक कार्यक्रमको आयोजना गरि मोबाईल प्रदान गरेको हो । सामसुङ जे टु मोडलको उक्त मोवाईल आई।एम।ई राप्ती अञ्चल प्रमुख सोमराज लिम्बु नेम्वाङले हस्तान्तरण गर्नु भएको थियो । बैकले कस्टमर कार्ड प्रयोग गरे वाफत बोनसका आधारमा पेन ड्राईब, ल्याबटप व्याग,डिसहोम सेट, स्मार्ट फोन लगायतका सामान ग्राहकलाई प्रदान गरेको नेम्वाङले वताउनुभयो । शाखा कार्यालयले बोनस स्वरुप १ सय देखि १२ सय सम्म प्रदान गर्ने गर्दछ ।


आई एम ई पे सेवा
यस्तै शाखाले कार्यालयले आई एम ई  पे सेवा सुरु गरेको छ । यस सेवा मार्फत एक ठाउँबाट अर्को ठाउँमा सजिलै पैसा पठाउन सकिने, मोवाईल रिचार्ज तथा टेलिफोन महसुल भुक्तानी गर्ने,ईन्टरनेट विजुली,पानी विद्युत्तको विल भुक्तानी सजिलै गर्न सकिने,नगद पैसा सजिलै झिक्न सक्ने,हवाई टिकट,अनलाईन सफिङ गर्न सकिने गरी सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख नेम्वाङको भनाई छ । जसका कारण ग्राहक हरुलाई सहज भएको उहाँको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्