दुर्घटना

काठमाण्डौ हिडेको हाइस नास्ता पसलमा……

By थाहा अनलाइन

December 07, 2018

लिलाधर वली।

दाङ । शुक्रबार विहानै दाङबाट काठमाण्डौका लागि ११ जना यात्रु लिएर छुटेको बा ३ ख ८५९३ नम्बरको हाइस देउखुरीको राप्ती गाउँपालिका वडा नं. ५ कमलरोड सिसहनियाँको एक पसलमा पसेको छ ।

गाडीको स्ट्रेरिङ फेल भएर अनेन्त्रीत हुँदा हाइस नास्ता पसलमा पसेको हो । उक्त दुर्घटनामा मानवीय क्षति नभएको सिसहनियाँ प्रहरी इन्चार्ज गिरिराज पोख्रेलले जानकारी दिए ।

गाडिको स्टेरिङ्ग फेल भएर सडक किनारमा रहेको मंगलप्रसाद चौधरीको नास्ता पसलमा पस्दा पसलमा करिब ६०/७० हजार सम्मको क्षति भएको इन्चार्ज पोख्रेलले जानकारी दिए ।

हाइस पसलमा ठोकिएपछि नास्ता पसल र गाडिमा गरि करिब एक लाख बराबरको क्षति भएको छ । हाइस विहान ७ बजेतिर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।